मनोरञ्जन

बाबा, मैले मोटरसाइकल कहिले पाउँछु?

बाबा, मैले मोटरसाइकल कहिले पाउँछु?

छोरो सानै छ भन्ने लाग्छ आफूलाई तर छोराको माग बढ्दो छ। नहोस् पनि किन समाज जता, छोरा उता हुनै पर्‍यो। सन्तान मुटु टुक्रा नै हुन्। हामीलाई बाआमाले त्यसरी हुर्काए, हामी हुर्कियौं अब हामी पनि सन्तान हुर्काउँदै छौं सबैको पालो आउँछ। यो नै प्रकृतिको नियम होला। मूलत छोरा बच्चाहरू बढी यान्त्रिकमा लगाव राख्छन्। छोरी बच्चाहरू गहना, श्रृंगार र कपडा आदिमा जस्तो लाग्छ यो अधिकांशमा लागू हुन्छ सायद किन यस्तो हुन्छ थाहा भएन तर हुन्छ यस्तै भन्दा फरक नपर्ला यानी महिलावादीलाई चोट नपुग्ला। लेख्दा पनि होस् गर्नुपर्ने अस्ति नै छोरी चाहिन्छ लेखेको धेरै जना रिसाए। आ–आफ्नो सोच हो केही महिना अगाडि राइड सेयरले सार्वजनिक सवारीलाई नोक्सान लेखे एक मित्रले हावा…
Read More
त्यसपछि सुरू भए मेरा संघर्षका दिनहरू

त्यसपछि सुरू भए मेरा संघर्षका दिनहरू

बिहानको ४ः३० बजेको घण्टी जस्तै मेरो आँखा खुल्छ। लगत्तै तयार भैदिनुपर्छ छिनभरमै आफ्नो संसार चलाउन एक आमा, एक शिक्षक र एक समर्पित गृहिणीको रूपमा। कहिलेकाहीँ लाग्छ, ‘मेरो दिन सूर्योदयभन्दा अगाडि किन सुरू हुन्छ?’ तर फेरि आफै जबाफ दिन्छु, ‘किनकि म आमा, शिक्षक र गृहिणीको त्रिपक्षीय भूमिका पो छु त!’ कहिलेकाहीँ त दिक्क लाग्छ, सम्झन्छु भगवान सोच्छु तिमीले न्याय देऊ वा नदेऊ म तिमीलाई विश्वास गर्न छाड्दिनँ।   जीवनमा जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै हार नमान्ने गर्दा नै जीवन साँच्चिकै जीवनजस्तो हुने रहेछ। मेरा सपनाहरू साना छैनन् तर सपनाभन्दा ठूला छन् मेरो जिम्मेवारीको पहाड। छोरीको कपडामा प्रेस, छोराको जुत्ता पालिस मात्र होइन, भोलि बिहानको लागि दाल तरकारी समेत केलाएर…
Read More
‘परान’ बन्यो धेरै कमाउने छैटौं नेपाली फिल्म, ‘छक्कापञ्जा १’ लाई उछिन्यो

‘परान’ बन्यो धेरै कमाउने छैटौं नेपाली फिल्म, ‘छक्कापञ्जा १’ लाई उछिन्यो

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । फिल्मले प्रदर्शनको ३० दिन (१३ मंसिरसम्म) १६ करोडभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबारसम्म फिल्मको ग्रस कमाई १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस छ । फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ । योसँगै फिल्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वकालिन छैटौं धेरै कमाउने फिल्म बनेको छ । फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ । ‘छक्कापञ्जा १’ को कूल कमाई १६ करोड १० लाख २२ हजार ३५० नेरु ग्रस थियो…
Read More
म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

काठमाडौं । धौलागिरी हिमालको काखमा रहेको पर्यटकीय जिल्ला म्याग्दी पछिल्लो समय प्रसिद्ध फिल्म छायांकन स्थल बनेको छ । पछिल्लो समय एकपछि अर्को गरि ठूलो बजेटका फिल्म यहाँ छायांकन हुन थालेका छन् । यो सूचीमा थपिएको छ फिल्म- रोल नम्बर १ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को निर्मातामध्येका एक विनोद पौडेलले यो फिल्म निर्माण गर्न लागेका हुन् । आगामी फिल्म ‘अभिमन्यु’ प्रदर्शनअघि पौडेलको नयाँ फिल्म छायांकनमा निस्किएको हो ।डेढ महिनासम्म म्याग्दीका विभिन्न स्थानमा छायांकन हुने उनले जानकारी दिए । मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी छन् । जोन योञ्जनले निर्देशन गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.