राजकुमार तेयुङ/ तमाेर टाईम्स तेह्रथुम
सुनसरीकाे धरानमा १९ मा रहेकाे हरियाली भवन सामुदायी बनकाे भवनमा याक्थुम तेयुङ सङजुम्भाेकाे आठौँ वार्षिक साधारण सभा अाईतबार सम्पन्न गरेको छ।
वि.सं. २०६१ सालमा स्थापना भएको याक्थुम तेयुङ सङजुम्भाेले स्थापना कालदेखि नै लिम्बू (याक्थुम) समुदायको भाषा, साहित्य, संस्कृति र मौलिक पहिचानकाे संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको याक्थुङ तेयुङ संङजुम्भाेले बताएकाे छ। याक्थुम तेयुङ सङजुम्भाे सुनसरीको अायाेजनामा भएकाे अाठाै वार्षिक साधारणसभा कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, भावी कार्ययोजना र कार्यक्रमहरूबारे छलफल गरिएको याक्थुम तेयुङ सङजुम्भाे सुनसरीको सचिब बिनाेद तेयुङले बताउनुभयाे। याक्थुम तेयुङ सङजुम्भाेकाे आठौँ वार्षिक साधारण सभा सुनसरीका अध्यक्ष नरेन्द्र कुमार तेयुङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे।