ताप्लेजुङ जिल्लामा उज्यालो नेपाल, पार्टीको जिल्ला तदर्थ समिति आज गठन गरिएको छ । पार्टीको केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लावतिको प्रमुख आतिथ्यता तथा, प्रदेश नं. १ तदर्थ समितिका अध्यक्ष बिराज आङ्देम्बेको विशिष्ट आतिथ्यता र प्रदेश सदस्यहरु किर्तिमान मादेन, सरोज कङ्लिवा र काठमाडौं सम्पर्क समिति सदस्य युवराज गुरुङ लगायतका नेताहरूको उपस्थितिमन प्रदिप मादेनको अध्यक्षतामा २९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितीको सह संयोजकमा पूर्णबहादुर पालुङ्वाँ, सह संयोजक लोकेन्द्र तुम्बाहाङ्फे चयन हुनुभएको छ । यसरीनै समितीको प्रवक्ता अशोक मादेन रहनुभएको छ भने सदस्यहरूमा कर्णबहादुर पालुङ्वाँ , ग्रिष्मा सामेखाम, बिरेन तबेबुङ, सुरेश आवाजुङ, राजु थाम्सुहाङ, दिपेश मादेन, छिरिङ शेर्पा, टेकबहादुर तामाङ, दिपक गुरुङ, केदार जंङ्ग ताप्मादेन, मिना तामाङ, मिना हाङ्गाम, निशा मादेन, प्रकाश तबेबुङ, अनुशा साँवा, मञ्जिता लिम्बू अशोक बिक, लबिमला दाहाल, यादव कटुवाल, सन्तोष पतङ्वाँ, ललित थलङ, कमला पालुङ्वाँ, भीम तबेबुङ, दिवस थलङ र असिम सेन्दाङ चयन हुनुभएको छ। यसरीनै जिल्ला महिला सम्पर्क व्यक्तिमा नरकुमारी नाल्बो र युवा सम्पर्क व्यक्तिहरुमा सरगम शेर्पा, लाजरस अन्छङ्बो र लिला पालुङ्वाँलाई तोकिएको छ ।