श्रम संस्कृति पार्टीकाे फेदाप गाउपालिका एकाई कमिटी गठन

राजकुमार तेयुङ तमाेर टाईम्स तेह्रथुम

तेह्रथुम जिल्लाकाे फेदाप गाउपालिकाकाे पाेक्लाबाङ बजारमा श्रम संस्कृति पार्टीकाे फेदाप स्तरीय भेला शनिबार भएकाे छ । फेदाप गाउँपालिकामा रहेकाे फेदाप स्टाेटीङ क्लबकाे भवनमा भएकाे भेलाबाट माेहनसिं सिङगककाे संम्याेजकतामा २९ सदस्य समिती श्रम संस्कृति पार्टी फेदाप एकाई कमिटी गठन गरिएकाे हाे। समितीकाे सह संम्याेजकमा बिर्ख बहादुर राई, राज वाम्बुले राई , सचिबमा बेबिन्द्र राई र काेषाध्यक्ष सबिना पंङयाङगु लिम्बु चयन हुनुभएकाे छ। समितिकाे सदस्यहरूमा पदम निङलेकु, मन बहादु राई, रिता लिम्बू, रनिशा केदेम, सन्ताेष लिम्बु , राजन खडका, राम लिम्बु , छत्र निङलेकु , बिरमान लिम्बु , बिबस लिम्बू , दिपेन्द्र लिम्बु , मिलन लिम्बू , राज कुमार लिम्बू , खाेपिलाल पङयाङगु, सुनाम लिम्बू , सन्जय लिम्बु , शंकरमान बिक, परिना राई, टेक बहादुर खापुङ, याेगीता लिम्बू, जय कुमार राई, रुद्र लिम्बू,सराेज लिम्बू र सन्देश लिम्बु चयन हुनुभएकाे छ। समिती श्रम संस्कृति पार्टीका समानुपातिक उमेरद्वर दत्त बहादुर खापुङकाे विशेष अाथित्यता तथा श्रम संस्कृति पार्टी जिल्ला संम्याेजक तथा श्रम संस्कृति पार्टीका तेह्रथुम जिल्ला प्रत्यक्ष निर्बाचनका उमेरद्वार
सुबिन्द्र थेगुवाकाे प्रमुख अाथित्यमा तथा भेलाकाे बयबृद्व जय कुमार राईकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे हाे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.