चौथो जितसँगै काठमाडौं प्लेअफ नजिक, कर्णाली बाहिरिने संघारमा
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाज प्लेअफ नजिक पुगेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी भयो। अन्तिम खेलअघि ८ अंक जोडेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ। उक्त खेलमा पराजय भोगे पनि अरु टोलीको नजिताको आधारमा काठमान्डु शीर्ष चारमा रहेर प्लेअफमा पुग्नसक्छ। अब काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र पछि पार्न सक्छ। यता कर्णाली भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा प्लेअफमा पुग्नसक्छ। त्यसका लागि अरु टोलीको नतिजामा भर पर्नु पर्छ। …