१६ औ राष्ट्रीय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्म जयन्ती यासोकमा पनि मनाइयो

पदम सुखी सम्बाहाङफे

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा नेपालका १६ औँ राष्ट्रिय विभुती तथा समाज सुधारक  महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्म जयन्ती भव्य रुपमा मनाइएको थियो । महागुरु फाल्गुनन्द सालिक संरक्षण सम्बर्द्धन  अक्षयकोष  समितिको आयोजनामा उक्त जन्म जयन्ती मनाईएको हो। यस कार्यक्रमको अवसरमा गाउँपालिका भरीका माध्यमीक विधालयबाट २०८१ सालमा एस.इ.इ परीक्षा मा उत्कृट जी.पी.ए ल्याउने बिधार्थीहरुलाई पुरस्कृत समेत गरिएको फाल्गुनन्द सालिक संरणक्षण तथा सम्बर्द्धन अक्षयकोष समितिका अध्यक्ष सुर्य बिक्रम चेम्जोङले बताउनुभयो।

पुरस्कृत हुनेमा पृथ्वी माविका कृषिधारमा अध्यनरत  मिसेक लावती र रिस्ना दर्नाल  त्यस्तै साधारण तर्फ महेन्द्रोदय माविका समिर बुढाथोकी, सिद्द सरस्वती मावी माङजाबुङका फोनिशा सेर्मा रहेका छन्। उनिहरुलाई जनहि ५ हजारका दरले पुरस्कृत गर्दे सम्मान पत्र सहित सम्मान गरिएको थियो । सोहि अवसरमा कुम्मायक भरिका कक्षा ४ र ५ मा अध्यनरत ३ सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको  फाल्गुनन्द सालिक संरणक्षण तथा सम्बर्द्धन अक्षयकोष समितिका उपाध्यक्ष देबेन्द्र कुमार लाओतीले जानकारी दिनुभयो।

कार्यक्रममा महागुरुले दिनुभएको अर्ति उपदेश र उहाँले पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले    महागुरु को सालिकमा माल्यार्पण र दियो बाल्दै महागुरुले दिनुभएको अर्ति उपदेशको मनन गर्नु पर्ने बताउनुभयो। महागुरु फाल्गुनन्द किरात धर्मको मात्र नभएर अन्य धर्मावलम्बीले  पनि  देशको राष्ट्रिय सम्पती भएको बताउनुभयो ।

पृथ्वी मा.विको प्रङगणमा रहेको फाल्गुनन्दको सालिकमा प्रत्येक बर्ष पुजा तथा अन्य विभिन्न कार्यक्रम गरि राष्ट्रिय विभुती तथा समाज सुधारक  महागुरु फाल्गुनन्दको जन्म जयन्ती मनाईन्छ ।

जन्म जयन्ती मनाउन विभिन्न उपसमिति गठन गरिएको थियो। चन्द्र बहादुर चेम्जोङको संयोजकत्वमा ५ सदस्यीय पुजा उपसमिति गठन गरिएको थियो। त्यस्तै कुमार खड्काको संयोजकत्वमा २ सदस्यीय  प्रचार प्रसार उपसमिति गठन गरिएको थियो। र डिल्ली कुमार चेम्जोङको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार व्यावस्थापन उपसमिति गठन गरिएको समेत बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.