लालीगुराँस नगरपालिकाद्वारा शिक्षक भवेन्द्र लिम्बू (सन्तोष सोदेम्बा) लाई सम्मान

आशा लिम्बु

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उल्लेखनीय योगदान पुर्याएका एक शिक्षकलाई  सम्मान गरेको छ। लालीगुराँस नगरपालिका–६, सुङनाम मंगलबारेमा रहेकाे सिहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक भवेन्द्र लिम्बू (सन्तोष सोदेम्बा) लाई ‘उत्कृष्ट शिक्षक’ घोषणा गर्दै सम्मान गरिएको हो। लालीगुरास नगरपालिकाको  २०८२ साल असार ८ गते बसेकाे नगर कार्यपालिकाकाे बैठकले प्रत्येक वर्ष उत्कृष्ट शिक्षक छनोट गरिने परिपाटी अनुसार, लिम्बूलाई २०७६ सालदेखि विद्यालयमा कार्यरत रहँदै आएका उत्कृष्ट शिक्षकको रुपमा  छनाैट गरि सम्मान गरिएकाे छ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन सञ्चालनमा रहेको छ भने हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। लिम्बूको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थी केन्द्रित रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएकाे छ। सार्वजनिक सुनाई,टाेल बिकास संस्था दर्ता प्रमाणपत्र सम्मान बितरण कार्यक्रममा शिक्षक लिम्बुलाई सम्मान गरिएकाे हाे। शिक्षक लिम्बुकाे  नेतृत्वमा विद्यालयले उल्लेखनीय प्रगति गरेको छ। यस्तो उदाहरणीय कार्यलाई नगरपालिकाले हौसला दिन निरन्तर सम्मान गर्दै जाने नगर प्रमुख अर्जुन बाबु माबोहाङले बताउनुभयाे।शिक्षक लिम्बूले सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.