महिला पत्रकारका लागि पाँच दिने तथ्य जाँच तालिम बसन्तपुरमा सुरु

बबिता राई

तेह्रथुमको लालिगुराँस नगरपालिका–बसन्तपुरमा महिला पत्रकारका लागि पाँच दिने तथ्य जाँच तालिम शनिबार उद्घाटन गरिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रशाद महतो को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तालिमको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्रि महतोले बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै गलत र भ्रामक सूचनाहरु बढ्दै गएकाले पत्रकारहरुलाई प्रदान गरिएको यो तालिमले यस्ता भ्रमहरुलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश (विराटनगर) को सहकार्य तथा नेपाल पत्रकार महासंघ, कोशी प्रदेश महिला विभागको आयोजनामा तालिम सञ्चालन गरिएको हो।बैशाख २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट २० जना महिला पत्रकारको सहभागिता रहेको महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो।

तालिमको सहजीकरण सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्वल आचार्य र ब्लाष्ट खबरका सम्पादक भोजराज श्रेष्ठले गरिरहनुभएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.