बेड प्यासन खापुङलाई २० हजार रुपैयाँ बराबरका सामग्री सहयोग

राजकुमार तेयुङ

तेह्रथुम । म्याङलुङ नगरपालिका–१०, तम्फसला बस्ने बेड प्यासन कृष्णबहादुर खापुङलाई २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ । म्याङलुङ नगरपालिका ५ निवासी तथा हाल रोजगारीका सिलसिलामा मलेसियामा कार्यरत समाजसेवी हर्क थेगुबा र बबिता राई थेगुबाको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। करिब २१ महिनाअघि आफ्नै आँगनमा लडेर गम्भीर घाइते भएपछि खापुङ बेड प्यासन बन्नुभएको छ।

दैनिक जीवनयापनसँगै परिवारको आयआर्जनमा समेत समस्या हुँदै आएको अवस्थामा समाजसेवी थेगुबा दम्पतीले परिवारलाई केही राहत पुग्ने उद्देश्यले तान र धागो लगायतका सामग्री सहयोगहरू गर्नुभएको छ । समाजसेवी हर्क थेगुबा तथा बबिता राई थेगुबाको प्रतिनिधिका रूपमा सामग्री हस्तान्तरण गर्दै रितुराज थेगुबाले अपाङ्गता तथा विपन्न अवस्थामा रहेको व्यक्तिहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले सो सामग्री प्रदान गरिएको बताउनुभयो ।

उहाँका अनुसार परिवारको आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगदभन्दा पनि उत्पादन तथा आम्दानीसँग जोडिने सामग्री उपलब्ध गराइएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी साम थाम्देन, नरमाया फोम्बो लगायत बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले समस्यामा परेका व्यक्तिलाई प्रत्यक्ष सहयोग गर्नुका साथै परिवारको आयआर्जनमा टेवा पुग्ने सामग्री उपलब्ध गराउनु सकारात्मक कार्य भएको  बताउभयो ।

निरन्तर सामाजिक सेवामा थेगुबा दम्पती मलेसियालाई कर्मथलो बनाउँदै आउनुभएका हर्क थेगुबा र बबिता राई थेगुबा दम्पतीले व्यक्तिगत तथा पारिवारिक आम्दानीबाट विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ ।

यसअघि पनि म्याङलुङ नगरपालिका ५ स्थित सिंहवाहिनी आधारभूत विद्यालयमा करिब १ लाख रुपैयाँ बराबरको स्टेसनरी र विद्यार्थी पोषाक सामग्री सहयोग गर्नुभएको थियो । त्यस्तै हरिहर आधारभूत विद्यालयमा २ लाख रुपैयाँ बराबरको स्टेसनरी तथा पोसाक र मुना रत्नमा ७० हजार रुपैयाँ बराबरको स्टेसनरी तथा पोसाक विद्यार्थीहरूलाई वितरण गरिएकोएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.