बाँके सुधार केन्द्रमा रहेका बालकहरूबीच झडप हुँदा ५ जनाको मृत्यु

दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । 

घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.