तेह्रथुमको लालीगुराँस नगरपालिका २ मा रहेको वसन्त उच्च माविको सभाहलमा समुदायको नेतृत्वमा पारिस्थितक पर्णाली पूर्नस्थापना र जीबिकोपार्जनमा सुधार कार्यक्रम पर्याबरण आधारित पर्यटन ब्याबस्थापन लालीगुरास संरक्षण आयोजना तार्जुमा गोष्ठि मंगलबार सम्पन्न भएको छ।
सामुदायीक वन उपभोक्त महासंघ नेपाल जिल्ला महासंघ तेह्रथुमको आयोजनामा भएको गोष्ठीमा लालीगुराँसको महत्व, संस्कृतिक महत्व ,तिनजुरे मिल्के जलजले किन र यसको समस्या र समधानको बिषयमा छलफल गरिएको थियो। आयोजना तार्जुमा गोष्ठी कार्यक्रमको डा नवीन भट्टराईले सहजिकरण गर्नुभएको थियो। संम्युक्त राष्ट्र संघिय बिकास कोषको आर्थिक सहयोग तथा छथर गाउपालीकाको साझेदारी तथा फेकोफन तेह्रथुमको ब्याबस्थापनमा आयोजना तर्जुमा गोष्टी सम्पन्न भएको छ । तर्जमा गोष्ठी फेकोफन तेह्रथुमका अध्यक्ष बुद्विमान खुलालको अध्यक्षयतामा सम्पन्न भएको फेकोफन तेह्रथुमका कार्यक्रम संयोजक जीतलाल लिम्बुले जानकारी दिनुभयो।