छथरको केपाङहिममा पाँच दिने योग शिविर सम्पन्न

राजकुमार तेयुङ

तेह्रथुमको छथर गाउँपालिकास्थित शुक्रबारे बजारको के:पाङहिममा पाँच दिने योग शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमको आयोजनामा सञ्चालन गरिएको शिविर हालै एक समारोहको बीच समानपन गरिएको हो।

स्वास्थ्य जीवन शैलीको प्रवर्द्धन, रोगको रोकथाम तथा योगप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय सर्वसाधारण, महिला, पुरुष तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन गरिएको योग शिबिरको अभ्यास, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

शिविरका सहभागीहरूलाई दैनिक जीवनमा योगको महत्व, नियमित व्यायामको आवश्यकता, सन्तुलित खानपान, मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरूबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। प्रशिक्षकहरूले योगलाई जीवनशैलीको अभिन्न अंगका रूपमा अपनाउन सके शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।

समापन्न कार्यक्रममा जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्बो प्रमुख अतिथिका सम्पन्न भएको  थियो। यस अघि पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले जिल्लाका विभिन्न विद्यालय तथा समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। केन्द्रले म्याङलुङ बजारमा स्वास्थ्य शिविर सञ्चालन ,म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य तथा योग सम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो। त्यसैगरी नै लालीगुराँस नगरपालिका–६ स्थित तिन्जुरे माध्यमिक विद्यालय, फिर्केमा “नागरिक आरोग्य अभियान” अन्तर्गत नसर्ने रोग नियन्त्रण, स्वस्थ जीवनशैली, सन्तुलित खानपान, स्थानीय जडीबुटीको उपयोगिता तथा योग सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको निमित्त जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमका प्रमुख अनिल कुमार मण्डले जानकारी दिनुभयो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.