पदम सुखी सम्बाहाम्फे पान्थर
पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेकोे कुम्मायक गाउँ पालिकाको केन्द्र यासोक बजारमा आगामी बैशाख २३, २४ र २५ गते त्रिशाली पुजा एवं मेला ( तङ्सुम तङ्नाम ) लाग्ने भएको छ । पुजा एवं मेला मुल समारोह समितिका अनुसार २०८३ बैशाख २३ गते कुम्मायक र कुस्सायक देवस्थलमा पुजा गरिने र २४ गते मेला लाग्ने बताइएको छ । त्यसैगरी मिनिमेला तथा विविध कार्यक्रम बिच हुने सो त्रिशाली पुजा एवं मेला ( तङ्सुम तङ्नाम ) को कार्यक्रम बैशाख २५ गते समापन हुने समितिले जनाएको छ । त्रिशाली पुजा एवं मेला ( तङ्सुम तङ्नाम ) मुल समारोह समिति तथा सर्बपक्षिय सामाजिक अभियान्ता बीच बुधबार बसेको बैठकले पुजा तथा मेला अगावै खानेपानी व्यवस्थापन तथा बजार सरसफाइमा बिशेश ध्यान दिइने जनाएको छ । बैठकले २०८३ बैशाख १० गतेदेखि मुल पुजा सम्पन्न नभएसम्म भक्तजनलाइ देवस्थल भित्र सामुहिक पुजाहरु रोक लगाउने निर्णय गरेको छ । उक्त समयमा मन्दिर भित्र बाहिर रङरोगन , सरसफाइ र पुजा व्यवस्थापन सम्बन्धि कामहरू हुने र पुरानो चलन पनि यहि भएको बताइएको छ ।
इशाको छैटौं र नवौं शताब्दीमा राजा उवाहाङ यु?माका भक्त थिए उनले उत्तरमा तिब्बत र दक्षिणमा भारतको सिमानासम्म आफ्नो राज्य बिस्तार गर्ने काम तिन बर्ष लागेको थियो । उक्त खुशियालिमा आफ्ना भाइभारादार र रैतीहरुलाइ भेला गराइ भोजनपान गराएको उत्सवलाई नै पर्वको रूपमा बिकास हुदै आएको बताइन्छ । उनै उवाहाङ्का छोरा मावोहाङ्ले पनि यश क्षेत्रमा आफ्ना भाइभारादारहरु सहित शिकार खेल्दै जाने क्रममा यु?माले ( मृग ) आफ्नो साडीले छोपेर लुकाएको र उनका शिकारी दुई कुकुरहरुलाइ समेत अलप गराइ तान बुनिरहेकि सुन्दरी युवती रुपधारण गरेको भेषमा उनै यु?माको दर्शन पाएको कथन छ त्यसपछि उन्नाइसौं शताब्दीमा रैनमुखी सम्बाहाम्फेको आङमा पनि उनै यु?मा ( बुढी बोजु ) इस्वरिय शक्ति प्रकट हुनाले उनको पालामा पनि कुम्मायक र कुस्सायक देवस्थलमा प्रत्येक तीन तीन बर्षमा सामुहिक भेला भइ पुजा तथा उत्सव र पर्वको रूपमा मानिने चलनलाई नै त्रिशाली अर्थात तङ्सुम तङ्नाम भएको बताइन्छ । कालान्तरमा यो तङ्सुम तङ्नामको पहिलो पुजारी पनि रैन्मुखी सम्बाहाम्फे भएको अभिलेख पाइन्छ । पुजा तथा मेलामा छिमेकी विभिन्न जिल्ला र स्थानीय अनि सिक्किम दार्जिलिङ भुटान बर्मा लगायतका विस्वमा रहेका सम्पुर्ण भक्तजनको उपस्थिति रहने यश अवसरमा मानव जगतको मनोकामना पूरा हुने जनविश्वास छ ।
उक्त पुजा तथा मेलामा नौमती बाजा धाननाच के:लाङ भलिबल फुटबल ब्याडमिन्टन बुद्धिचाल तथा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना रहेको त्रिशाली पुजा एवं मेला ( तङ्सुम तङनाम ) मुल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लावतिले बताएका छन ।