किरात याक्थुङ निङलेकु/ खु सयङले सामुहिक रूपमा सेवा पुजा गर्दै

राजकुमार तेयुङ

किरात याक्थुङ निङलेकु / खु सयङले सामुहिक रूपमा साक्मुरा वदेम्मा (गालिश्राप  बहन्ती ) सेवा पुजा,  चो:त्लुङ निसाना, येत्त नाम्धुङ लाधुङ (महाअष्टम यज्ञ) सेवा पुजा गर्ने भएको छ।

वंश एकता कायम ,थातथलो संरक्षण तथा उत्पत्ति भूमिलाई तीर्थस्थलका रूपमा विकास गर्ने उदेस्यले निङ्लेकु–निङ्लेखु कुल वंशले सामूहिक रूपमा सेवा पुजा  गर्न लागेको हो।

किरात याक्थुङ निङलेकु / खु सयङले आयोजनामा तीन दिन सम्म हुनलागेको सामुहिक सेवा पुजा २०८३ साल बैशाख २५ गते बिहान ९ बजे तेह्रथुम र पान्थरको सिमाना तमोर नदीको सिम्बाहामा साक्मुरा वदेम्मा (गालिस्रप्प) गर्ने आयोजक समितीका अध्यक्ष मेलेशीयाबाट टंक निङलेकु/ खुले बताउनुभयो। यसरीनै  २०८३ साल बैशाख २६ गते (चोःत्लुङ निसाना) कार्यक्रम फेदाप गाउपालीका वडा नं १ सिम्लेमा रहेको एक्नाम्भे कोक्मा सेपेनीमा बिहानको ९ बजेबाट गर्ने आयोजक समितीका आर्थिक संयोजकमा भिम कुमार निङलेकु/खुले  बताउनुभयो। यसरीनै २०८३ साल बैशाख २७ गते फेदाप गाउपालीका वडा नं १ सिम्ले टारगाउमा लाधुङ नाम्थु (महाअष्टम यग्य ) कार्यक्रम ।

बिहानको ७ बजेबाट सुरू हुने आयोजक समितीका सल्लाहकार अष्ट्रेलियाबाट मनुराज निङलेकुले जानकारी दिनुभयो। किरात याक्थुङ निङलेकु / खु सयङको सामुहिक  साक्मुरा वदेम्मा (गालिश्राप  बहन्ती ) सेवा पुजा, चो:त्लुङ निसाना, येत्त नाम्धुङ लाधुङ (महाअष्टम यज्ञ) सेवा पुजा कार्यक्रम भक्ती प्रसाद निङलेकु / खु को अध्यक्षतामा सम्पन्न हुने आयोजक समितीका सचिब दिलिप निङलेकु/खु ले बताउनुभयो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.