बाबा, मैले मोटरसाइकल कहिले पाउँछु?

छोरो सानै छ भन्ने लाग्छ आफूलाई तर छोराको माग बढ्दो छ। नहोस् पनि किन समाज जता, छोरा उता हुनै पर्‍यो।

सन्तान मुटु टुक्रा नै हुन्। हामीलाई बाआमाले त्यसरी हुर्काए, हामी हुर्कियौं अब हामी पनि सन्तान हुर्काउँदै छौं सबैको पालो आउँछ। यो नै प्रकृतिको नियम होला।

मूलत छोरा बच्चाहरू बढी यान्त्रिकमा लगाव राख्छन्। छोरी बच्चाहरू गहना, श्रृंगार र कपडा आदिमा जस्तो लाग्छ यो अधिकांशमा लागू हुन्छ सायद किन यस्तो हुन्छ थाहा भएन तर हुन्छ यस्तै भन्दा फरक नपर्ला यानी महिलावादीलाई चोट नपुग्ला।

लेख्दा पनि होस् गर्नुपर्ने अस्ति नै छोरी चाहिन्छ लेखेको धेरै जना रिसाए। आ–आफ्नो सोच हो केही महिना अगाडि राइड सेयरले सार्वजनिक सवारीलाई नोक्सान लेखे एक मित्रले हावा कुरा, दुनियाँले जागिर पाएका छन् भन्नुभयो।

खेर सोच फरक हुन्छन् नै एकै हुन जरूरी छैन। मोटरसाइकलले पनि कम्पनी चलेका छन्। मिस्त्रीले काम पाएका छन्, ग्यारेज खुलेका छन्, साहुले कमाएका छन्। सरकारले २४४ प्रतिशत कर राजस्व भन्सार मुअक कमाएको छ। देशले धुवाँ, र दुर्घटना आदि बेहोरेकोछ। 

दैनिकजसो दुर्घटनामा युवा पर्छन् त्यही पनि बाइककै दुर्घटना हुन्छ। दुर्घटना हुन्छ भनेर नचढेर भएन खतरा जोखिम सबैमा छ र पनि बिहानको व्यायाम या दौडमा समेत दुर्घटना या मृत्युवरणको घटना छ। धेरै घटना त अझै क्षतिपूर्ति तिर्न नसक्नेले गराएका छन् पीडितलाई पीडा छ। 

नेपालमा करिब कुल जनसंख्याको १० भाग त मोटरबाइक छन् नै। धेरै त दिनभर कार्यालय, अड्डा, ग्यारेज, पार्किङमा हुन्छन्। केही राइडरहरू कुद्छन्। पुँजी सम्पत्ति धन खेर गएजस्तो लाग्छ। दिनभर घाममा राखेर अनुत्पादक क्षेत्रमा पुँजी खेर गइरहेको छ बाइकवालाहरू त उत्पादक मान्छन् तर उपभोक्तालाई अनुत्पादक नै हो।

छोराको बाइकमा चाख आज होइन, पुरानै हो। तीन चार कक्षादेखि नै चढ्न रमाउने हो। पढ्ने बेलाका केटाकेटी बसमा आउन जान अप्ठ्यारो छ त्यस मानेमा त ठिकै हो तर साथीको संगत, अरूको भडकावमा तीव्र हाँक्ने, हेलमेट नलगाउने, सुरक्षाको बेवास्ता आदिले डर लाग्ने अवस्था छ।

दुई लाख पचास घटीको बाइक छैनन्। फेरि बिहानै लाग्ने कलेज भए त बिहानको जाडोमा बिरामी हुने डर, अर्कोतर्फ खर्चको व्यवस्थापन छँदैछ। कलेज भर्ना फि, किताब कापी कोचिङ, ट्युसन ड्रेस आदि पैसाको नास्ती नै छ। यी त भए आर्थिक पक्ष अर्को मनोविज्ञान नकारात्मक छ छोरो बाइक लिएर कलेज गएपछि घर नफर्कंदासम्म चिन्ता। कतै केही भयो कि हुन त बसमा जाँदा पनि दुर्घटना होला तर नगन्य। 

यसरी पैसा खर्च सहितको तनाव किन्न अनुरोध आउँछ सन्तानको, ‘बोलम् के बोलम्! नबोलम् त मुटुु पोलम् जस्तो छ।

भड्काव समाजको गतिले सबै जनामा तनाव छ देखासिकीले सबैलाई रूवाएको छ।  बा मैले मोटरसाइकल कहिले पाउँछु भन्ने उत्तरका साथ म आफू सडक दुर्घटनाको लागि तयार हुनुपर्छ दुर्घटना सहने आँट समेत हुनुपर्छ। 

केही महिना अगाडि पार्क गरेको मोटरले ठक्कर दिएर श्रीमती दुई महिना थला परिन्। अहिले पनि पीडा छ तर काममा जान्छिन् सधैं दुख्छ। त्यो बेला गाडीवालाले उपचार गर्ने सर्तमा ड्राइभर र गाडी छाडेछन्। पछि क्षतिपूर्ति लिन जाँदाको हैरान, ३ दिन धाएपछि मालिक आए। दुर्घटना भैहाल्छ नि यस्तै हो भन्दै थिए। उता  प्रहरी चौकीको प्रहरी उतै गाडीवालाको समर्थनमा थिए। प्रहरीलाई गाडी वालाले पीडितलाई धेरै क्षतिपूर्ति दिन्छन् कि भन्ने चिन्ता समेत देखियो। यता पीडित भने सदा गोडामा समस्या बोकेर बाँच्नुुपर्‍यो। यस्ता यावत कुरा हेर्दा अरूले चढाएको ठूलो बस नै पो सुरक्षित हो की झै लाग्छ।

फेरि सोच्छु दुई पांग्रे सजिलो पार्किङ जता पनि फुत्त छिर्ने गाडी जस्तो महँगो पनि नपर्ने दुई जना चढ्न मिल्ने यसैले सबै बाइकमा झुम्मिएका छन्।प्लस टुतिर कलेजमा विद्यार्थीले बाइक लैजान पाइन्न क्यारे त्यसो त अरू बेला घुम्न सहर जान, किनमेलमा प्रयोग गर्छन्। प्रतिस्पर्धा, अर्को सवारी उछिन्ने, केटीलाई देखाउन, केटी चढेपछि अधिक हाँक्ने, साथी साथीमा प्रतिस्पर्धा, फजुल खर्च, लामो यात्रा हाइवेमा आदि समस्या छन्। अन्त्यमा, सबै अभिभावकले बाइक किन्दा सोचौं कतै तपाईंको लाड र प्यारले अरूको ज्यान जाने कारण बनेको त छैन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.