राजकुमार तेयुङ
तेह्रथुमको फेदाप गाउपालिकाको सभा हलमा आदिबासी याक्थुङ मुन्धुम सभ्यता,फेदाप ईतिहास र भाषाबारे अाधाभुत चुम्लुङ कार्यक्रमको शनिबार समापन्न भएको छ। फेदाप गाउपालिका पोक्लाबाङको आयोजना तथा नेपाल आदिबासी जनजाती महासंघ फेदाप तेह्रथुमको ब्याबस्थापनमा भएको आदिबासी याक्थुङ मुन्धुम सभ्यता,फेदाप ईतिहास र भाषाबारे आधारभुत चुम्लुङ कार्यक्रमको समापन्न भएको हो। दुई दिन सम्म सन्चालन भएकझ कार्यक्रममा मुन्धुम भनेको के हो ? मुन्धुमको प्रकार, सृष्टिको मुन्धुम ,फेदापे मुन्धुम , मुन्धुम र ईतिहास, भाषा र फेदापे भाषाकको बारेमा मुन्धुमबिद D.B आम्बुङले सहजीकरण गर्गुभएको थियो भने मुन्धुमबिद तथा लालीगुरास नगरपालिकाकका नगर प्रमुख अर्जुनबाबू माबोहाङले फेदापको ईतिहास र मुन्धुमका बारेमा सहिजीकरण गर्नुभएको थियो । १९ थरीहरूको प्रतिनिधिमुल सहभागी रहेको आदिबासी याक्थुङ मुन्धुम सभ्यता,फेदाप ईतिहास र भाषाबारे आधारभुत चुम्लुङ कार्यक्रमको समापन कार्यक्रम फेदाप गाउपालिकाका उपाध्यक्ष सुनिता पाहिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।