राजकुमार तेयुङ
तेह्रथुमको म्याङलुङ बजारमा शुक्रवार जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमको आयोजना तथा जेष्ठ नागरिक संघ तेह्रथुमको समन्वयमा स्वास्थ्य प्रवर्द्धनात्मक सेवा कार्यक्रम सञ्चालन गरिएको हो। “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा ३४ जना महिला र ५८ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकहरूले सेवा लिएका थिए। कार्यक्रमका सहभागी जेष्ठ नागरिकहरूको सुगर, प्रेसर लगायत विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो भने आयुर्वेदीक औषधी वितरणसमेत गरिएको आयोजकले जनाएको छ। शिविरमा डा अनामिका सापकोटाले सहजीकरण गर्नुभएको थियो। जेष्ठ नागरिकहरूलाई स्वस्थ, सक्रिय तथा रोगमुक्त जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले जनाएको छ। कार्यक्रम जेष्ठ नागरी जिल्ला संघ तेह्रथुमका अध्यक्ष भक्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। यसअघि पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले विभिन्न विद्यालय तथा समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम म्याङलुङ नगरपालिका–२ मा रहेको सिंहवाहिनी माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरक विद्यार्थी तथा शिक्षक गरी ७६ जनालाई प्रशिक्षण लिएका थिए भने उत्ता लालीगुरास नगरपालिका वडा नं ६ मा रहेको तिनजुरे माध्यमिक विद्यालय फिर्केमा कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षक गरी ५८ जनालाई नसर्ने रोग नियन्त्रणका लागि “नागरिक आरोग्य अभियान” अन्तर्गत स्वास्थ्य जीवनशैली, खानपान, स्थानीय जडीबुटीको उपयोगिता तथा योग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको निमित्त जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमलका प्रमुख अनिल कुमार मण्डलले जानकारी दिनुभएको छ।