राज कुमार लिम्वु
तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेको महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित शनिवार उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष सुब्बाले पानसमा बत्ती बाली महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको हो। घुमाउने घर मर्मत–सम्भार समिति तेह्रथुमको आयोजनामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष सुब्बाले महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र फेदाप गाउपालिकाको एउटा सम्पत्ति मात्र नभएर सिशङ्गो तेह्रथुम जिल्लाकै सम्पत्ति र अनुसन्धानको केन्द्र बनाउनु पर्ने बताउनुभयो। थप्दै भन्नुभयो यस सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रलाई स्थानीय तहले संरक्षण गर्न आबस्यक रहेको बताउनुभयो। कार्यक्रमका विशेष अथिति तथा फेदाप गाउपालिकाका अध्यक्ष केशब भेटुवालले महानन्द सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रलाई ब्यबस्थीत गर्नका लागि स्थानीय तहले संरक्षण गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो। नेकपा एमाले तेह्रथुमको सचिब तारामान मादेन, फेदाप गाउपालिका वडा नं १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठ , पोक्लाबाङ माङगेन्ना लुङधुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ फेदाप गाउपालिका वडा नं १ का वडा सदस्य योगेन्द्र कुरूम्बाङ, जनज्योती मावि सह प्रधानाध्यापक गंगा बहादुर राईले बिक्रम सम्बत १९४४ सालमा स्थापीत घुमाउने घरको ऐतिहासको बारेमा आफ्नो धारणा राख्नुभएको थियो।कार्यक्रममा माननीय सन्तोष सुब्बाको प्रमुख अतिथि तथा सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रका सदस्य नन्द प्रसाद निङ्लेखुको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको मनुराज निङ्लेखुले जानकारी दिनुभएको हो।