राजकुमार तेयुङ
श्रम संस्कृति पार्टी जिल्ला शाखा तेह्रथुमले आज श्रमको महा अभियान सन्चालन गरको छ। तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको सिमानामा रहेकको खोरूङवा खोलाको पुलमा सरसफाई गरि श्रमको महा अभियान चलाएको श्रम संस्कृति पार्टी तेह्रथुमका उपाध्यक्ष छविलाल पंङयाङगुले जानकारी दिनु भयो।
केही दिन यता निरन्तर वर्षा आए पछि उक्त सिमाना रहेको पुलमाथी हिलो ,पानी र वालुवा जमेपछि सवारी साधाहरू आवज जावज गर्न समस्या देखिए पछि श्रमको महा अभियान चलाएको हो। म्याङलुङ नगरपालीका र फेदाप गाउँपालिकामा रहेको २२ जना भन्दा धेरै जुटेर श्रमको महाअभियानमा सो पुल माथी जमेर रहेको लेदो, पानी, वालुवा र भल कटन गरिएको छ। श्रम संस्कृति पार्टीले हप्तामा शनिबारलाई श्रमबार मान्दै आए पनि सो पुल माथी आवज जावजमा समस्या देखिए पछि बिना शनिबार महा श्रमदान अभियान चलाएको फेदापबाट सहभागी सबिना पङयाङगुले बताउनुभयो।