तेह्रथुमको म्याङलुङ बजारमा रहेको लोकतान्त्रीक चोकमा सोमबार नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिबसको अबसरमा दिप प्रचलन गरेको छ । महासंको आफ्नो ७१ औ दिबसको अबसरमा ७१ वटा दिप बाल्दै स्थापना दिबस मनाएको हो । दिप प्रचलन कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको आयोजनामा सम्पन्न भएको महासंघ तेह्रथुमका अध्यक्ष टि आर सेनेले जानकारी दिनुभयो।