राजकुमार तेयुङ
‘मेरो कविता: द रिदम अफ पोएट्री’ को अन्तिम फाईनलमा तेह्रथुम जिल्ला अाठराई गाउपालीका वडा नं २ खाम्लालुङका प्रबेग हाङ्श्रोङ छनौट भएका छन्। माइ प्लेटफर्मले आयोजनामा गरेको मेरो कविताः द रिदम अफ पोएट्री’ मा डिजिटल अडिसनमा २ सय ५० जना कविहरूलाई पछिपार्दै हाङश्राेङ फाईनल लिस्टमा परेका हुन्।
कविहरू” हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात र उत्तम तुम्साको निर्णायक रहेकाे मेरो कविता: द रिदम अफ पोएट्री’ को फाईलमा तेह्रथुमका प्रबेग हाङ्श्रोङ , पाँचथरका सेसे थाम्सुहाङ, कचनकवल झापाका टोली प्रसाद राजवंशी र पश्चिम सिक्किम भारतका सोनाम पाल्झोर रहेका पुगेका छन्।
फाईनल आगामी २०८२ साल चैत १६ गते हुने आयोजकले जनाएको छ। त्यसै गरि कवि प्रवेग हाङस्रोङलाई फाइनल विजेता बनाउनको लागि पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापले “प्रवेग हाङस्रोङ जिताऔ अभियान” संचालन गर्दै सम्पुर्ण तेह्रथुमबासी आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुलाई भोट गर्न अपिल समेत गरेको छ ।