तेह्रथुम । संखुवासभाको मुढे वजारमा नव निर्मित धर्मदेवी सामुदायिक बहुउद्देश्यीय पुस्तकालय तथा स्रोत केन्द्रको आईतबार बाट संचालनमा ल्याईएको छ । पुस्तकालय दिवसको अवसर पारेर आईतबार कोशी प्रदेशका सामाजीक विकास मन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका विच पुस्तकालयको उद्घाटन गर्नुभएको हो ।
शान्ति भोलेन्टीयर संस्था, रिड नेपाल, कोशी प्रदेश सरकार, धर्मदेबी नगरपालिका र स्थानीय समुदाय समेत गरी ३ करोड ३३ लाख २८ हजार रुपैया लागतमा बहुउद्देश्यीय पुस्तकालय भवन निर्माण गरी संचलनमा ल्याईएको हो । भवनको उद्घाटन गर्दैै कोशी प्रदेशका सामाजीक विकास मन्त्री राईले पुस्तकालय भवन संचालनमा आएपछि ग्रामिण क्षेत्रका नागरिकमा समेत पढ्ने बानिको विकास भै शिक्षित समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकालय मार्फत महिला सशक्तिकरण, युवा क्षमता विकास, कृषि, व्यावसायिक सीप तालिम, कम्प्युटर तालिम, कृषि तथा पशुपालन प्रवद्र्धन जस्ता कार्यक्रम सञ्चालन गरिने पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष भिम लिङखाले वताउनु भयो ।
पुस्तकालयमा बिपद ब्यबस्थापन, बालमैत्री कक्ष, सूचना प्रविधि समन्धी तालिम र कक्षा संचालन, हस्तकला तथा स्थानीय संस्कृति सम्बन्धी गतिविधि पनि संचालन गरिने धर्मदेवी नगरपालिकाका नगर प्रमुख उदयचन्द्र पौडेलले बताउनु भयो ।