लघुवित्तबाट अब १५ लाखसम्म कर्जा पाइने

अब लघुवित्त संस्थाबाट धितो राखेर अधिकतम १५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो। 

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख बनाइने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

यसअघि एकै व्यक्तिलाई एकभन्दा बढी लघुवित्त संस्थाहरूबाट कर्जा जारी भएको, राष्ट्र बैंकले तोकेकोभन्दा बढी रूपैयाँसम्म कर्जा प्रवाह भएको पाइएपछि यसमा कडाई गरिएको थियो।  

राष्ट्र बैंकले समीक्षा लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाउने भएको छ। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.