राष्ट्रिय जनमुक्ति पार्टी फेदाप गाउँपालिकाको गाउपालिका स्तरीय समिति ज्ञान बहादुर पन्धाकको अध्यक्षतामा १५ समिति आज गठन गरिएको छ। समितीको उपाध्यक्षमा हेम बहादुर सिङगक महिला उपाध्यक्षमा फुल माया चोङबाङ सचिव यान कुमार सिङगक सह सचिव मोती प्रसाद सिङगक कोषाध्यक्ष शान्तिला मादेम्बा चयन हुनुभएको छ। समितीका सदस्यहरूमा नारायण सिङगक,डम्बर कुमारी पन्धाक,कुमार निङलेकु, कमल बेघा, राजु पंङयाङगु,केन्द्र पंङयाङगु र खडक बहादुर पंङयाङगु चयन हुनुभएको छ।
भेलामा पार्टीको संगठन विस्तार, स्थानीय तहमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा जनताको हक, अधिकार र पहिचानका विषयमा छलफल गरिएको थियो । समितिमा राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष रितुराज थेगुबाको प्रमुख आथित्यता तथा पार्टीका जिल्ला संगठन सचिव साम थाम्देनको आथित्यतामा सम्पन्न भएको नब गठित समितिका अध्यक्ष ज्ञान बहादुर पन्धाकले जानकारी दिनुभयो। कार्यक्रम समाजसेबी बल बहादुर पंङयाङगुको अध्यक्षतामा समिती गठन गरिएको हो।