१२ मंसिर, काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपालले नेपाल–भारत डिजिटल कोरिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिन, र नेपाल–भारतलाई अग्रणी डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहितको यो फ्रेमवर्क क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसिटी पोलिसी विज्ञ चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार गरिएको हो।
क्यान महासंघको पहलमा नेपाल र भारत डिजिटल करिडोर काम गर्न सहज होस् र ज्ञान, सीप र उत्पापन सहकार्य गर्न सकियोस् भन्ने उद्देश्यले उक्त अवधारणा अगाडि बढ्ने क्यान महास्घका अवरिष्ठ उपाध्यक्ष चिरिन्जीवी अधिकारीले बताए ।
उनले भने, ‘नेपाल–भारत डिजिटल कोरिडोरले युपीआई फोनपे अन्तरसंयोजनलाई विस्तार गर्दै तत्काल, सुरक्षित र किफायती भुक्तानी प्रणालीलाई बलियो बनाउनुका साथै स्टार्टअप तथा नवप्रवर्तन सहकार्य हुन्छ। जसले दुवै देशका संस्थापकहरूका प्रविधिलाई प्रवर्द्धन, भ्वाइस कलको पहुँच र दक्षिणका एसियाका उत्पादनहरू संयुक्त बाड्न र एकअर्कालाई सघाउन मद्दत पुर्यार्याउनेछ।’