तेह्रथुमः श्रम संस्कृति पार्टीको नगर समिति गठन तथा श्रम अभियान संचालन

तेह्रथुम जिल्लाको दोस्रो ठूलो शहर जिरिखिम्ती बजारमा रहेको जिरिखिम्ती बृद्व बिश्राम तथा परोपकार  केन्द्रमा आज श्रम संस्कृति मेयङलुङ नगरपालिकाको नगर समिति गठन गरिएको छ।

जिरिखिम्ती बृद्व बिश्राम तथा परोपकार  केन्द्रको प्राङ्गणमा श्रम अभियान सन्चालन गर्दै लोक बहादुर सम्बाहाङफेको संयोजकत्वमा ३७ सदस्य समिति गठन गरिएको छ। समितिको सह संयोजकमा डोमा शेर्पा, बिस्णु कुमार पंङयाङगु सचिव दुर्गा बुढाथोकी सहसचिव प्रेम सोदेम्बा कोषाध्यक्ष पुनम कुमारी सम्बाहाम्फे र सह कोषाध्यक्षमा चन्द कुमार गुरूङ चयन हुनु भएको छ।

यसरी नै समिति सदस्यहरूमा तिल बहादुर थेगुबा, केशरजङ आम्बुङ, देबी बहादुर आम्बुङ,  चन्द्र  बहादुर बुढाथोकी, रमेश अधिकारी, बिश्नु आम्बुङ,  वीर बहादुर सम्बाहाङफे, विश्व सम्बाहाङफे, मनकला सम्बाहाङफे, रबिन सम्बाहाङफे, शिव कुमार सम्बाहाङफे, नर माया ईश्बो, पदमा पंङयाङगु, मिना तुम्बाहाङफे, दिलिप लिम्बू,  कालुमान लिम्बू, युबराज लिम्बू, जंग सिङजाङगु,  हर्क खापुङ, डम्बर खापुङ, जित बहादुर राई, काली बहादुर सोदेम्बा, पदम सोदेम्बा, आशा लिम्बू, दिनेश  तामाङ,  बिमला राई,  तेज बहादुर तामाङ, ठगराज लिम्बू,  राम बहादुर लिम्बू  र मचिन्द्र तामाङ चयन हुनुभएको छ। समिति श्रम संस्कृति तेह्रथुमका संयोजक सुबिन्द्र थेगुबा,  सल्लाहाकार कपिलदेव सिङगक र धनेन्द्र सुक्वाबाको उपस्थितिमा गठन गरिएको हो।

जिरिखिम्तीको श्रम अभियानमा ६० भन्दा बढी सहभागी भएका थिए भने उत्ता आठराई गाउँपालिका वडा नं ५ थोक्लुङमा रहेको भगवती माविको खेल मैदानमा  समेत श्रम अभियान सन्चालन गरिएको छ। अभियान श्रम संस्कृति पार्टी  तेह्रथुमका संह संयोजक प्रमिला बर्देवा जिल्ला सदस्य शिव ईङनाम र सल्लाहाकार तेज कुमार ईङनाम लगायत ४० जना भन्दा बढी उपस्थितमा रहेको श्रम संस्कृति पार्टी तेह्रथुमका सह संयोजक प्रमिला बर्देवाले आठराईबाट जानकारी दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.