घुमाउने घर संरक्षणमा जुटे निङलेकु वन्धुहरु

सेसेहाङ चोङबाङ

पुराना घरहरू भत्काउदै नयाँ कङक्रीटरुपी घरहरू बनाउने होडबाजी चलिरहेको दुनियाँमा ऐतिहासिक तथा पुरातात्त्विक घुमाउने घर संरक्षणमा निङलेकु वन्धुहरु जुट्न थालेका छन । तेह्रथुम जिल्ला फेदाप गाउपालिका वडा नं. १ स्थित मयन्ताप्पा टाहारीमा बि.स. १९४४ मा निर्माण भएर अहिले जिर्ण बन्दै गएको ऐतिहासिक घुमाउने घरलाई संरक्षण समिति नै गठन गरि संरक्षण गरिएको हो ।

यो ऐतिहासिक घुमाउने घर आगे सुब्बा स्वर्गीय महानन्द निङ्लेखुले(१८९०-१९६३) आफ्नो वासस्थानको लागि निर्माण गर्नुभएको हो । सुब्बा महानन्द तत्कालीन समयमा फेदापका जल्दाबल्दा निङलेखु जिम्मावाल सुब्बा हुन । उनले आफ्नो जीवनकालमा धेरै सामाजिक कार्यहरू गरेका थिए । यसै उहाले निर्माण गर्नुभएको घरलाई अध्ययन अनुसन्धान केन्द्र तथा संग्रहालय निर्माण गर्ने उदेश्यले संरक्षणमा लागिएको घुमाउने घर मर्मत सम्भार समिति संयोजक तथा सुब्बा महानन्द निङलेखुका नाति मनुराज निङलेखुले जानकारी दिनुभएको छ । अहिले यो घर मर्मत संभार गरिएको छ अब यहाँ अन्य आवश्यक सामाग्री जुटाउने तयारी हुदैछ उहाँले जानकारी गराउनु भयो ।

यसरी संरक्षण गरिएको घुमाउने घरको मिति २०८३ साल बैशाख १९ गते औपचारिक रूपमा उद्घाटन गरिन्दैछ । तेह्रथुम जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघीय प्रतिनिधि सभा सदस्य माननीय श्री सन्तोष निङ्लेखु सुब्बाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिने भएको छ । विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, राष्ट्रिय तथा स्थानीय कलाकार लगायतको उपस्थिति रहने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.