एआई चिप बनाउन कति खर्च लाग्छ ?

काठमाडौं। कुनै समय विज्ञान कथा अर्थात् साइन्स फिक्सन जस्तै लाग्ने कृत्रिम बुद्धिमत्ता एआई आज हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ।

मोबाइल फोनमा भ्वाइस असिस्टेन्टदेखि कार्यालयमा डेटा विश्लेषण अनि अस्पतालमा रोग पहिचानदेखि कारखानामा अटोमेसनसम्मका सबै ठाउँमा एआई फैलिइरहेको छ।

तर यो प्रविधिको तीव्र रुपमा विकास भईरहेको क्षेत्रभित्र एउटा कठोर यथार्थ पनि छ । त्यो हो यसको अकल्पनीय रूपमा महँगो बनिरहेको यसको लागत । वास्तवमा एआई जति लोकप्रिय हुँदैछ यसका लागि आवश्यक चिप निर्माणको खर्च पनि त्यत्तिकै आकासिँदै गएको छ।

विश्वको सबैभन्दा ठूलो एआई चिप निर्माता कम्पनी एनभिडियाका सिइओ जेनसन हुआङ स्वयंले यस बारेमा खुलासा गरेका छन्। उनका अनुसार नयाँ एआई-चिप संरचनाको डिजाइन र निर्माण प्रक्रिया सुरु गर्नमै साढे ५ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भइहाल्छ। आश्चर्यको कुरा त चिपको पहिलो युनिट कारखानाबाट बाहिर निस्कनुअघि नै यति ठूलो रकम खर्च भइसकेको हुन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.