धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका ६ न्यायपोखरीमा शनिवार अरिंगालले टोक्दा ७ जना घाइते भएका छन् । घाईते हुने मध्ये ६ जना स्थानीय पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका छने । अर्का घाईते स्थानीय ५० वर्षीय पुरुष छन्।
अरिङगालको टोकाई बाट घाइते हुनेहरुमा ११ वर्षीय आदित्य राई, ६ वर्षीय सलिना राई, ३ वर्षीय आहान राई, ६ वर्षीया सिम्रिका राई, १२ वर्षीया अनिसा राई, १५ वर्षीया अंकिता राई रहेको सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनु भयो । उदयपुर घर भई सहिदभुमीमा काम गरेर बस्दै आएका ५० वर्षीय मिनकुमार राई पनि घाइते भएका छन्।
गम्भीर घाइते ४ जनाको थप उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ । अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।